प्रनभ फुड प्रोसेसिङ इन्डष्ट्रिजले पहिलो त्रैमासिकमा गर्‍यो १५ करोड ७० लाखको व्यापार

0
Shares

काठमाडौं । प्रनभ फुड प्रोसेसिङ इन्डष्ट्रिजले पहिलो त्रैमासिकमा १५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले गत आवको साढे ८ महिनाको अवधिमा ३६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२४ को अक्टुबरबाट सञ्चालन गरेको कम्पनीले १.७६ प्रतिशत खुद नाफा कमाएको छ ।

सन् २०१९ मा स्थापना भएको कम्पनीले कृषिजन्य वस्तु उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले चामल प्रशोधन गर्दै आएको छ ।

कम्पनीले नेपाली बजारमा पन्यू, समुन्नती, हेमन्त र परेश ब्रान्डमा चामल बिक्री गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७४ करोड ९६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १७ करोड ९६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५७ करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले चामल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आन्तरिक बजारबाट नै खपत गर्दै आएको छ । कम्पनीको अध्यक्ष पशुपति बुर्लाकोटी हुन् ।