
काठमाडौं । एनआईसी एशिया बैंकका नवनियुक्त नियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले पदभार ग्रहण गरेका छन् ।
कात्तिक १७ गते बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम शाक्य बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । बिहीबार उनले पदभार ग्रहण गरेका हुन् ।
झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा योगदान पुर्याउँदै आइका शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।
सन् १९९६ देखि तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा शुरु गरेका उनले हिमालयन बैंक, तत्कालिन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपालमा बिजनेस बैंकिङ्ग प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेका छन् ।
तत्कालीन बैंक अफ एशिया नेपाल र एन आई सी बैंकको मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भएका थिए ।
तत्कालीन सिभिल बैंक लि, तत्कालीन जनता बैंक, ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य यस बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
प्रमुख कार्यकारी अधिकृतको तृष्ण विश्लेषण क्षमता, स्पष्ट रणनीतिक दृष्टिकोण तथा लामो बैंकिङ्ग अनुभवका कारण बैंकले उनको कार्यकालमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै थप सहज, सबल, गतिशील, विश्वसनीय, उत्तरदायी तथा परिणाममुखी अभ्यास गर्दै थप सफलता प्राप्त गर्ने अपेक्षा गरेको जनाएको छ ।








प्रतिक्रिया