बाबुराम, जनार्दन र डीपी अर्यालबीच वैकल्पिक राजनीतिक शक्तिबीच छलफल

0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल भएको छ ।

छलफलमा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलसँगको एकतामा सहभागी नभएका पूर्वमन्त्री जनार्दन शर्मा र सुदन किराती, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, नयाँ शक्तिकी नेतृ दुर्गा साउ लगायतका नेताहरू सहभागी थिए ।

नेताहरूका अनुसार जेन्जी आन्दोलनपछि उत्पन्न बदलिँदो राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै नेपाली राजनीतिमा पुनर्गठनको आवश्यकता, वैकल्पिक ध्रुवीकरण र भरपर्दो वैकल्पिक राजनीतिक शक्ति निर्माणका विषयमा छलफल केन्द्रित थियो ।