
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष नेतासँग भेट्न नचाहेको भनाइ सुनिएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको घोषणा सभामा बोल्दै प्रचण्डले केही दिनअघि प्रधानमन्त्री कार्कीले आफूसहित शीर्ष नेताहरूको अनुहार पनि हेर्न मन नलागेको अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
जेनजीको भावना अनुसार संविधान जोगाउन र सुशीलालाई प्रधानमन्त्री बनाउन आफूले भूमिका खेलेको भए पनि त्यसको कदर नभएको उनको भनाइ छ ।
प्रधानमन्त्रीले दलहरूको योगदान र नेतृत्वको भूमिकालाई बेवास्ता गरेर शीर्ष नेताहरूसँग भेट्नै नचाहनु अनुचित भएको उनको टिप्पणी थियो।
‘प्रधानमन्त्रीले भनिछिन् फलाना नेताको अनुहार हेर्नै मन छैन रे ! सुन्दा अलि चसक्क बिझ्छ,’ प्रचण्डले भने, ‘मलाई लाग्छ, प्रधानमन्त्रीले त्यस्तो भाषा प्रयोग गर्नुभएको होइन होला ।’







प्रतिक्रिया