
काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुलाई चार घण्टाअगाडि नै विमानस्थलमा आउन आग्रह गरेको छ।
नेपाल एयरलाइन्सले एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरूमा यात्रा गषर्ने सम्पूर्ण यात्रुले उडान समय तालकाभन्दा ४ घण्टा अगावै चेक इन गर्न विमानस्थल पुग्न अनुरोध गरेको छ ।
चेक इन काउन्टर उडान समयभन्दा १ घण्टा अगाडि बन्द हुने एयरलाइन्सले जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सले नेपालबाट भारत, थाइल्यान्ड, मलेसिया, चीन, जापान, संयुक्त अरब इमिरेटलगायतका देशमा उडान गर्दै आएको छ ।








प्रतिक्रिया