
काठमाडौं । हुम्लाको विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा झिनीगिन्टी बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ काटुन अवैध चिनियाँ मदिरा झिनिगिन्टी बरामद गरेको हो ।
चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा झिनिगिन्टी विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।
हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको बताए ।
प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मंगलबार राति १२ बजे बरामद गरेको डीएपसी पोखरेलले जानकारी दिए ।








प्रतिक्रिया