प्रिमियर स्टिलको व्यापार ३.४३ प्रतिशतले घट्यो, साढे ४ अर्बको कारोबार

77
Shares

काठमाडौं । प्रिमियर स्टिलको व्यापार ३.४३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ३.४३ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा ४ अर्ब ५६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२३ मा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ५ अर्ब ८४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले गत आवमा गरेको व्यापारमध्ये ९७ प्रतिशत हिस्सा डण्डीको छ ।

सन् २०१६ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । शिवरतन शारडाले स्थापना गरेको यो कम्पनी नेपालको स्टिल क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । शारडा ग्रुप र राठी ग्रुपको स्वामित्व रहेको कम्पनीले वार्षिक १ लाख ८० हजार डण्डी र १ लाख २० हजार मेट्रिक टन बिलेट उत्पादन गर्दै आएको छ ।

विरेन्द्र राठी र प्रदिपकुमार शारडाको ११/११ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ७३ करोड १३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५६ करोड १३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १७ करोड रुपैयाँको रेटिङ गराएको हो ।