दोलखाको यलुङ रि हिमालमा हिमपहिरो, ३ जनाको मृत्यु ८ बेपत्ता

301
Shares

हिमपहिरो । फाइल तस्बिर

काठमाडौं । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको ज्यान गएको छ ।

हिमपहिरोमा परि आठ जना बेपत्ता भएको दोलखा प्रहरीले जनाएको छ ।

केही विदेशी र नेपाली गाइडसहित १५ जनाको आरोहण टोली डोल्मा खाङ हिमाल आरोहणका लागि आज बिहान ना गाउँबाट निस्किएको थियो । यलुङ रि हिमाल नजिक बिहान करिब साढे १० बजे हिमपहिरो जाँदा आरोहण टोली परेको प्रहरीले जनाएको छ ।