
काठमाडौं । कर्जा लगानी नबढेर अधिक तरलताको दबाब बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले लामो अवधिको तरलता खिच्न सुरु गरेको छ ।
आइतबार राष्ट्र बैंकले १७५ दिनको निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता प्रशोचन गर्ने भएको हो ।
गत साताको बुधबार पनि १७५ दिनको लागि ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोल गरेको केन्द्रीय बैंकले आइतबार पनि १७५ दिनको लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबनेल गर्ने भएको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले पछिल्लो २ वर्षयता निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । ब्याजदर करिडोरको तल्लो सिमाको रुपामा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको छ भने लामो अवधिको तरलता प्रशोचनको लाथि निक्षेप संकलन उपकरण बोलकबोल गरिरहेको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निक्षेप २ खर्बभन्दा माथिले वृद्धि हुँदा कर्जा १ खर्बले पनि बढ्न सकेको छैन । कर्जाको तुलनमा निक्षेपको वृद्धि निरन्तर उच्च भएको छ र कर्जामे मागमा तत्काल सुधार हुने अवस्था नदेखिँदा केन्द्रीय बैंकले ब्याजर करिडोरको कार्यान्वनयमार्फत ब्याजदर सन्तुलन कायम गर्न नियमित रुपमा तरलता प्रशोचन गरिरहेको हो । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट नै तय हुनेछ ।







प्रतिक्रिया