
काठमाडौं । दक्षिण अफ्रिकाका स्टार क्रिकेटर फाफ डुप्लेसी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
विराटनगर किङ्सले शुक्रबार सामाजिक सञ्जालमार्फत दक्षिण अफ्रिकाका पूर्वकप्तान डुप्लेसीलाई टिममा अनुबन्ध गरेको जानकारी सार्वजनिक गरेको हो ।
डुप्लेसीले दक्षिण अफ्रिकाका लागि ५० टी–२० अन्तर्राष्ट्रिय खेलमा १,५२८ रन बनाएका छन् । उनले समग्र टी–२० करियरमा ४२४ खेल खेल्दै ११,९०६ रन जोडेका छन् । उत्कृष्ट फिल्डरका रूपमा परिचित डुप्लेसीले टी–२० खेलमा २११ क्याच लिएका छन्।
उनले इन्डियन प्रिमियर लिगमा चार टोलीबाट १५४ खेल खेल्दै ४७०० भन्दा बढी रन जोडेका छन् । चेन्नाइ सुपर किंगसबाट दुई पटक आईपीएल च्याम्पियन बनेका उनी अब विराटनगर किंग्सको जर्सीमा सन्दीप लामिछानेको कप्तानीमा त्रिवि मैदानमा उत्रने छन् ।







प्रतिक्रिया