
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले ओम अध्याय रिट्रिटमा विशेष छुट पाउने भएका छन् । मनवानपुरमा रहेको रिसोर्ट र बैंकबीच यस्तो सम्झौता भएको हो ।
समझदारीसँगै बैंकका ग्राहक महानुभावहरुले थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । सुविधाका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।








प्रतिक्रिया