त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि ४ अन्तर्राष्ट्रिय र एक आन्तरिक उडान डाइभर्ट

2k
Shares

काठमाडौं । खराब मौसमका कारण भिजिबिलिटी कम हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको छ ।

भिजिबिलिटी कम भएपछि चार अन्तर्राष्ट्रिय र एक आन्तरिक उडान डाइभर्ट भएका छन्।

विमानस्थल कार्यालयका अनुसार, नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको उडान लखनउतर्फ डाइभर्ट भएको छ भने कतारको दोहाबाट आएको नेपाल एयरलाइन्सको विमान दिल्ली पठाइएको छ ।

यस्तै, चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको विमान पुनः चीन फर्किएको छ । त्यसैगरी, दिल्लीबाट आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि भारततर्फ डाइभर्ट गरिएको छ ।

आन्तरिक उडानतर्फ सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको विमान भैरहवा अवतरण गराइएको छ । मौसम खराब हुँदा भिजिबिलिटी कम भएपछि विमानहरु डाइभर्ट भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलका अनुसार आन्तरिक उडानमा पोखरा, तुम्लिङटार र भरतपुर उडान हुन नसकेको छैन् भने अन्य गन्तव्यमा ढिलो गरेर भएपनि उडान भइरहेको छ ।