
काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले स्काइवाक टावरमा विशेष छुट पाउने भएका छन् ।
बैंक र वन्डर्स नेपाल प्रालिबीच ग्राहकलाई स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।
उक्त समझदारीसँगै बैंकका ग्राहकले स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रर्वद्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।







प्रतिक्रिया