
काठमाडौं । सोलुखुम्बुको लोबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार ल्यान्ड गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टरमा कुनै यात्रु नभएको र पाइलट विवेक खड्का सकुशल रहेको उनले जानकारी दिइन् ।
काठमाडौंबाट उद्धारका लागि गएको उक्त हेलिकप्टर हिउँमा फसेकालाई लिन जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाग्रस्त हेलिकप्टर अल्टिच्युट एयरको नाइन एन–एमएस रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हाल पाइलटलाई उद्धार गर्न लुक्लाबाट कैलाश एयरको हेलिकप्टर पठाइएको छ।








प्रतिक्रिया