
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकिएको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९२० रुपैयाँमा झरेको छ ।
तिहारपछि मात्रै सुन प्रतितोला १६ हजार ५ सय रुपैयाँले सस्तो भएको छ ।
असोज ३१ गते सुनको मूल्य इतिहासमै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो भने त्यही दिन चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।







प्रतिक्रिया