
काठमाडौं । नेपाल शालिमार सिमेन्टको व्यापार ४९.६० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४९.६० प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा ६२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ९४ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ६ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ४५ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीअनुसार आर्थिक सुस्तताका कारण पछिल्ला वर्षहरुमा व्यापारमा कमी आएको छ । तर, गत आवमा व्यापार बढ्नुका साथै नाफा पनि केही मात्राले बढेको पाइएको छ ।
कम्पनीको चालु पुँजी इन्टेन्सिटी विगतदेखि उच्च छ । सन् २०२४ मा खुद चालु पुँजी र सञ्चालन आम्दानीको अनुपात ६३ प्रतिशत थियो । गत आवमा भने ३१ प्रतिशतमा झरेको छ ।
सन् २००३ मा स्थापना भएको कम्पनीले सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक ५ लाख ४५ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । शालिमार ग्रुपद्धारा सञ्चालित कम्पनीमा ग्रुपका ५ जनाको स्वामित्व छ ।
कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी विभिन्न सात वटा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । साथै, पीएसजी सिमेन्ट विभिन्न ८ वटा ब्रान्डमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका ६१ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८४ करोड रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया