आज तोलामा २ हजारले घट्यो सुनको भाउ, कति पुग्यो ?

574
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी आज तोलामा ३५ रुपैयाँले घटेको हो । चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।