मलेसियामा नर्तकीहरूसँगै छमछमी नाचे ट्रम्प (भिडियो)

392
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आइतबार मलेसिया पुगेका छन् ।

वाशिङटनबाट २३ घन्टा लगाएर मलेसियाको राजधानी क्वालालम्पुर पुग्दा ट्रम्पलाई नृत्यका साथ स्वागत गरिएको थियो ।

एयरफोर्स वानबाट निस्केका ट्रम्पलाई बाजा बजाएर नर्तक नर्तकीहरूले स्वागत गरेका थिए । उनीहरू नाचेको देखेपछि ७९ वर्षीय ट्रम्प पनि छमछमी नाच्न थालेका थिए ।

मलेसियाका प्रमुख जातीय समूहहरू मले, चिनियाँ, भारतीय र बोर्नियोका आदिवासी समुदायका नर्तक नर्तकीहरू मौलिक भेषभूषामा सजिएर नाचेका थिए ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम पनि ट्रम्पसँगै मिलेर नाचेका थिए ।

ट्रम्पका समर्थकहरूले उनको उत्साहको भरपूर प्रशंसा गरेका छन् ।

एसियामा यो साताभरि विभिन्न मुलुकहरूको भ्रमण गरी ट्रम्पले अमेरिकाको प्रभाव बढाउनका लागि प्रयास गर्नेछन् ।