चञ्चला राजद्वारा लिखित मिथिला विवाह परम्परा सम्बन्धी पुस्तक विमोचन

14
Shares

वीरगंज : मिथिला क्षेत्रमा विवाह संस्कारको एउटा आफ्नै संस्कृति र पहिचान छ। चार दिनसम्म चल्ने यो विवाह परम्परालाई लिपिबद्ध गर्दै लेखिएको पुस्तक “मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा” को वीरगन्जमा आयोजित एक भव्य कार्यक्रम बीच विमोचन गरिएको छ।

पूर्व मन्त्री लक्ष्मणलाल कर्णको प्रमुख आतिथ्यमा सो पुस्तकको विमोचन गरिएको छ। यस पुस्तक विमोचन समारोहलाई संबोधित गर्दै पूर्व मन्त्री कर्णले मिथिला विवाह परम्पराबारे लेखिएको यो पुस्तक आउँदो पुस्ताको लागि ग्रन्थ सरह भएको बताएका छन्।

उनले मिथिला क्षेत्रमा विवाह सम्बन्धी रीति रिवाजबारे अनेकौं पुस्तक भए पनि केटा पक्ष र केटी पक्ष बीच बिहेको कुराकानी शुरु भएको दिन देखि चार दिन सम्म चल्ने बिहे समारोहको पुरै परम्पराबारे र विदाई पछि केटा पक्षको घरमा चल्ने एक एक रीतिरिवाज बारे विस्तारपूर्वक लेखिएको मिथिलाको ग्रन्थ रहेको बताएका छन्।

यस पुस्तककी लेखिका वीरगन्जकी प्रसिद्ध समाजसेवी महिला उद्यमी श्रीमती चन्चला राजले यो पुस्तकबारे प्रकाश पार्दै मिथिला क्षेत्रमा हुने विशिष्ट विवाह परम्परा बारे सुक्ष्म तरिकाले जानकारी दिनुको साथै हरेक परम्पराको सामाजिक र वैज्ञानिक महत्वबारे जानकारी दिइएको छ।

पांच वर्ष लगाएर मिथिलाको हरेक क्षेत्रमा हुने मौलिक परम्परा र रीतिरिवाजलाई समेट्दै यो पुस्तक तैयार पारिएको लेखिका चञ्चला राजले आउने समयमा मिथिला क्षेत्रको विवाह समारोहमा यो पुस्तकको अत्यन्त महत्व हुने र यो विवाहको लागि एउटा अनिवार्य कुरा हुने बताएकी छिन्।

मिथिला क्षेत्रमा हुने विवाह समारोहमा सानो सानो विधि व्यवहार परम्परा र रीति रीवाजबारे प्रायजसो विवाह गराउने पुरोहित र समाजका वयोवृद्ध बीच वाद विवाद हुने गरेको र कहिले काही यही कारणले विवाह समारोहमा ठूलो विवाद पनि आउने गरेको बताउँदै लेखिका चञ्चला राजले अब यो पुस्तक आए पछि यस्ता समस्या नआउने र मिथिला क्षेत्रमा मान्यजन र विद्वतजनहरुले मान्यता दिएका कारण यो पुस्तक विवाहको विधान जस्तै बन्ने आफूले अपेक्षा लिएको बताएकी छिन्।

यस पुस्तकको भुमिका मैथिलिकी प्रसिद्ध साहित्यकार र भारत सरकारको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री बाट सम्मानित साहित्यकार डा शेफालिका वर्माले लेख्नु भएको छ। विमोचन समारोहमा भिडियो संदेश मार्फत आफ्नो शुभकामना पठाएकी वर्माले यस पुस्तकले नेपाल र भारतको मिथिला क्षेत्रमा मात्रै सीमित नभएर विश्वको जुनसुकै देशमा बसोवास गर्ने मिथिलवासीहरुको आफ्नो वैवाहिक परम्परा र रीतिरिवाज बारे ज्ञान आर्जित गर्नको लागि यो एउटा अनुपम उपहार रहेको बताएकी छिन्।

यस पुस्तक विमोचन समारोहमा मधेश विश्वविद्यालयका उपकुलपति डा दिपक शाक्य, चर्चित लेखक तथा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठ, चित्रगुप्त समिति पर्साका अध्यक्ष महेश दास लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मिडियाकर्मी प्रियंका पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने हिन्दी भाषाका प्रसिद्ध लेखक एवं कवि प्रा राजेन्द्र राहीले धन्यवाद ज्ञापन गरेको कुरा आयोजक समितिकी प्रमुख निहारिका दासले जानकारी दिएकी छिन्।