
काठमाडौं । प्रिमियर वायर प्रालिको व्यापार २९.३७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २९.३७ प्रतिशतले व्यापार घटेको हो ।
कम्पनीले सन् २०२४ मा ५ अर्ब २१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ३ अर्ब ६८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२३ मा ४ अर्ब २९ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा ३ अर्ब ५४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
बैंकबाट दिने कर्जाको दर घट्दै गएका कारण कार्यशील पुँजी तीब्रता ४७ प्रतिशत पुगेको कम्पनीले जनाएको छ ।
नेपालको सबैभन्दा पुरानो वायर तथा केबल उत्पादक कम्पनीमा १३ जनाको स्वामित्व रहेको छ । शारडा परिवारद्वारा सञ्चालित कम्पनीले जीआई वायर, ग्याबियन बक्सेस, एसीएसआर कन्डक्टर, पीभीसी केबल र अन्य स्टिलजन्य वायर, कपर वायर, कन्डक्टर र केबल उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ४६ करोड २४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६९ करोड ७४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ७६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया