७ अर्बको लगानीमा रवि भवनमा ‘द ओबरोय काठमाडौं’ होटल बन्दै

1.1k
Shares

काठमाडौं । काठमाडौंको रविभवनमा ७ अर्ब रुपैयाँ बढी लगानीमा लक्जरियस होटल निर्माण गर्ने भएको छ ।

सिप्रभ्य होटल एन्ड रिसोर्ट प्रालिले रविभवनमा ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ लगानीमा लम्जरियस होटल ‘द ओबरोय काठमाडौं’ ब्रान्डको होटल निर्माण गर्ने भएको हो ।

कम्पनीले ७५ वटा लक्जरियस कोठाको सुविधासहित होटल निर्माण गर्ने भएको छ । कम्पनीले प्रतिकोठाको लागत ९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । जसमा कम्पनीले ६० प्रतिशत अर्थात् ५ करोड ७० लाख रुपैयाँ लागत मिक्स कर्जाबाट लगानी गर्ने जनाएको छ । प्रतिकोठाको लागत उच्च भएकाले कम्पनीमाथि ऋणको भार तुलनात्मक रुपमा उच्च हुने जनाएको छ।

लक्जरियस होटल भएकाले अन्य होटलको तुलनामा लागत बढेको कम्पनीको भनाइ छ । सन् २००४ मा स्थापना भएको कम्पनीले भारतको द ओबरोय ग्रुपसँग सम्झौता गरी नेपालमा होटल निर्माण गर्ने भएको हो ।

कम्पनीले लगानीको अनुपात ६०:४० रहेको छ । जसमा ६० प्रतिशत कर्जा र ४० प्रतिशत इक्वीटीबाट लगानी गर्ने भएको हो । सन् २०२५ को जुनसम्ममा ७५ प्रतिशत अर्थात् २ अर्ब ८५ करोड इक्वीटीको व्यवस्थापन भइसकेको छ । कम्पनीमा सिद्धार्थ राणाको सबैभन्दा बढी स्वामित्व रहेको रेटिङमा उल्लेख गरेको छ ।

होटल निर्माणका लागि कम्पनीले ४ अर्ब २७ करोड ४० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

हालसम्ममा होटल निर्माणका लागि जग्गा अधिग्रहणको कार्य भइसकेको छ भने निर्माण कार्य अगाडि बढाउन सम्झौता पनि भइसकेको छ । होटल निर्माणका कार्य सन् २०२५ जुनबाट सुरु भइसकेको छ । उक्त होटल सन् २०२९ को जुनसम्ममा निर्माण सम्पन्न गरी व्यवसायिक कारोबार गर्ने योजना बनाएको छ ।

कम्पनीअनुसार आगामी १८ महिना अर्थात् सन् २०२६ को डिसेम्बरसम्ममा भौतिक कार्य सम्पन्न गर्न सम्झौता भइसकेको छ । तर, व्यवसायिक कारोबार भने सन् २०२९ बाट गर्ने लक्ष्य लिएको छ । जसमा इन्टेरियरको कार्य अब्रोय ग्रुपले गर्ने भएको छ ।

कम्पनीमा सिद्धार्थएसजीबी राणाको ६० प्रतिशत, र एम/एस सूर्य इन्टरप्राइजेज प्रालि र एम/एस एसआर होल्डिङको २०/२० प्रतिशत स्वामित्व छ ।