
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँ तोकिएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुबाट घटेको छ । आइतबार चाँदी प्रतितोला ७५ रुपैयाँले घट्दै तीन हजार २७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ३५० रुपैयाँ पुगेको थियो।







प्रतिक्रिया