सिद्धार्थ बैंकले बोलायो वार्षिक साधारण सभा

63
Shares

काठमाडौं । सिद्धार्थ बैंकले वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएका हो ।

बैंकले कात्तिक ३० गते आफ्नो २४औं वार्षिक साधारण सभा गर्दैछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।