बुटवलमा रहेको क्रिम्सन कलेज अफ टेक्नोलोजीले गर्‍यो ३३ करोड ७० लाखको कारोबार

0
Shares

काठमाडौं । रुपन्देही जिल्लाको बुटवलमा रहेको क्रिम्सन कलेज अफ टोक्नोलोजी प्रालिले गत आर्थिक वर्षमा ३३ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२४ मा ३१ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ३२ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २००० देखि निरन्तर सेवा प्रदान गर्दै आएको कम्पनीले विभिन्न प्रकारका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । पोखरा विश्वविद्यालयसँग सम्बद्ध रहेको कम्पनीले कलेज मात्रै नभएर क्रिम्सन अस्पताल पनि सञ्चालन गर्दै आएको छ । कम्पनीले सन् २०१२ देखि २४ घन्टा नै आकस्मिक सेवा र बिरामीको उपचार गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२५ मा कारोबार ५.८३ प्रतिशतले बढेको उल्लेख गरेको छ । गत आवमा अस्पतालमा बिरामीको संऋया बढ्न जाँदा कारोबार बढेको जनाएको छ । साथै, कम्पनीले गत आवमा ५.९६ प्रतिशत खुद नाफा कमाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २७ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीमा ६ जना बोर्ड निर्देशक छन् । दुर्गाप्रसाद पाण्डे अध्यक्ष रहेको कम्पनीको सहायक कम्पनीको रुपमा क्रिम्सन टेक्निकल कलेज सञ्चालन गर्दै आएको छ । उक्त कलेजले सीटीईभीटीको कोर्स उपलब्ध गर्दै आएको छ । साथै, कम्पनीको आफ्नै क्रिम्सन फार्मेसी पनि रहेको छ ।