
काठमाडौं । फ्रेशमार्टले हाटबजार मेला सञ्चालन गर्ने भएको छ । फ्रेशमार्टले कार्तिक १ गते शनिवार ट्याक्टिकल सोलुसन्स प्रालिको भवन, मित्र रोड, चाकुपाट ललितपुरमा विहान ०८:०० बजे देखि बेलुका १७:०० बजे सम्म हाटबजार मेला संचालन गर्न लागेको हो ।
उक्त हाटबजार मेलामा किराना सामान, ताजा तरकारी, फलफुल, दुग्धजन्य सामाग्री, बेकारी सामान, पुजाका सामाग्री, भाईटीकाको सामाग्री, प्लान्ट तथा नर्सरी, नेवारी खानेकुरा, कपडा सहित बिभिन्न किसिमका रैथाने उत्पादीत सामाग्रीहरु समेत रहने बताइएको छ ।
बजारमा बिभिन्न २१ वटा स्टल राखिने आयोजकको भनाइ छ । जसमा फ्रेशमार्ट सहित १८ वटा कम्पनीका सामाग्री हुनेछन् र यस अघि अनलाईन मार्फत मार्टले सामान बिक्रि गर्दै आएकोमा यस पश्चात भौतिक रुपमा समेत सामान बिक्रि गर्ने तयारी रहेको छ ।







प्रतिक्रिया