१९ प्रतिशत लाभांश दिने स्ट्याण्डर्ड चार्टर्ड बैंकको घोषणा

672
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो ।

असोज ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

Skip This