
काठमाडौं । कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म हिमालयन बैंकको बैंकिङ सेवाहरु उपलब्ध नहुने भएका छन् ।
बैंकले कोर बैंकिङ सफ्टवेयरलाई टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गर्ने भएकाले उक्त अवधिमा बैंकिङ सेवा नहुने भएको हो ।
बैंकले कोर बैंकिङ सफ्टवेयरलाई स्तरोन्नति गर्ने प्रक्रियामा बैंकबाट प्रदान गरिने बैंकिङ सेवाहरु कात्तिक ३ देखि कात्तिक १० गतेसम्म उपलब्ध नहुने भएको हो ।
यद्यपि, सो अवधिमा एटीम तथा कार्ड (डेबिट–क्रेडिट) सेवा भने सूचारु हुनेछ । सो समयमा मोबाइल बैंकिङ पनि चल्ने छैन ।
कात्तिक ३ देखि ७ गतेसम्म तिहारको र १० गते छठको बिदा छ । ९ गते अरू बैंक खुल्नेछन् तर हिमालयन बैंक भने बन्द रहनेछ ।
‘पहिला हामीेले एक पटक यस्तै किसिमको स्तरोन्नतिको काम गरेका थियौं । यो दोस्रो पटक हो,’ हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले भने, ‘पहिला टी–२४ थियो भने अहिले टी–२४ ट्रान्ज्याट भन्ने नयाँ प्रणाली अपनाउने र अर्को डिजिटल इन्फिनिटी ल्याउने छौं । यसले सफ्टवेयरको संरचनामा पूर्णरुपमा नयाँ प्रणाली ल्याउनेछ ।’
बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सफ्टवेयर कात्तिक ११ देखि टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति हुने भएको हुँदा उक्त मिति पश्चात् बैंकले प्राप्ति गरेको साविक सिभिल बैंक लगायत साविक सिभिल बैंक मर्ज भएका र सिभिल बैंकले प्राप्ति गरेका साविक वित्तीय संस्थाहरुले जारी गरेको कुनै पनि चेकहरुबाट भुक्तानी नहुने भएकोले सिभिल बैंक तथा सिभिल बैंकले प्राप्ति गरेकोरमर्ज भएको वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ चेक बुक लिन पनि बैंकले आग्रह गरेको छ ।









प्रतिक्रिया