
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज (शुक्रवार) पनि रेकर्ड राखेको छ ।
पछिल्लो समय सुनको मूल्य लगातार बढ्दै आएको छ । अघिल्लो दिन बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो । बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ५८ हजार रुपैयाँ तोकिएको छ ।
शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।







प्रतिक्रिया