तिहारको उमंगलाई उज्यालोले भर्दै सिजी एलईडी

91
Shares

सिजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान उज्यालो भनेकै सि जी एलईडीहरु सार्वजनिक गरेको छ । यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालो, ऊर्जा–सक्षम र दीर्घकालीन समाधान पुर्‍याउनु भएको कम्पनीले जनाएको छ ।

सिजी एलईडीलाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ, जसले हाम्रो घरलाई अझ उज्यालो र आकर्षक बनाउँछ। २४ महिनाको वारेन्टी सहित बजारमा उपलब्ध सि जी एलईडी बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाईट, ब्याटेन लाईट र विभिन्न रंगका डेकोरेटिभ बल्बहरूले नेपाली उपभोक्तालाई गुणस्तरीय प्रकाश समाधान प्रदान गर्दै आएको छ।

चाडपर्वको माहोलमा परिवारका साथ घर–परिवार उज्यालो बनाउने सन्देशसहित यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुका कारण सि जी एल.ई.डि उत्पादहरूले बजारमा बलियो स्थान बनाउन सफल भएका कम्पनीले जनाएको छ । सिजी इलेक्ट्रिकका नेसनल सेल्स हेड मदन खनालका अनुसार सिजी एलईडी ले केवल उज्यालो मात्र नभइ, नेपाली घरको हरेक कुनामा खुशी र ताजगी पनि ल्याउँछ ।

सिजी एलईडी उत्पादनहरू देशभरका प्रमुख इलेक्ट्रिक पसलहरूमा उपलब्ध छन्।