
काठमाडौं । माया ब्रान्डको तेल बेच्ने सनसाइन फुड प्रालिले एकै वर्ष ४ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब १९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ५० करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ४३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२० मा स्थापना भएको कम्पनीले विभिन्न कच्चा तेल प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले साढे २ वर्ष अगाडिदेखि व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले भटमास, पाम, सनफ्लावर र तोरीको तेल गरी वार्षिक ७५ हजार ६ सय २० मेट्रिक टन क्षमतामा सञ्चालन हुँदै आएको छ ।
कम्पनीले नेपाली बजारमा माया ब्रान्डमा प्रशोधित तेलको कारोबार गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब २० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि २५ करोड ५९ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अबै ९४ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले आन्तरिक बजारमा मात्रै नभएर भारतमा पनि प्रशोधित तेलको व्यापार गर्दै आएको छ । कम्पनीअनुसार भारतमा निर्यात बढ्दा व्यापारमा उछाल आएको उल्लेख गरेको छ । साथै, गत आवमा तेलको मूल्य बढ्दा कारोबार बढेको जनाएको छ।
गत आवमा कम्पनीले प्रतिमेट्रिक टन १ लाख ७३ हजार ५ सय ५२ रुपैयाँमा बिक्री गरेको जनाएको छ । सन् २०२४ मा प्रति मेट्रिक टन तेल १ लाख ४७ हजार ७२ रुपैयाँमा निर्यात गरेको थियो । कम्पनीले गत आवमा उच्च व्यापार गरेपनि नाफा भने घटेको छ । कम्पनीले गत आवमा ४.७१ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ६.१५ प्रतिशत नाफा कमाएको छ ।
कम्पनीकाअनुसार गत आवमा ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा ९ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले गरेको कारोबार गरेकोमध्ये ९५ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको छ ।







प्रतिक्रिया