तोलाको साढे २ लाख कट्यो सुन, किन बढिरहेको छ मूल्य?

910
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । आज एकैदिन सुन तोलाको २ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० पुगेको छ । बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा परेको व्यवसायी बताउँछन् ।