
काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले अध्यक्षबाट राजीनामा दिएको युलेन्स एजुकेशन फाउन्डेशनले एक वर्षमा साढे ७७ करोड रुपैयाँको व्यापार गरेको छ ।
स्कुलले गत आर्थिक वर्षमा ७७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
राणाले गत असोज ११ गते स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी थिइन्। उनले काठमाडौं र ललितपुरको दुबै स्कुलबाट राजीनामा दिएकी थिइन् । भदौ २४ मा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो ।
आरजुको लगानी रहेको भन्दै जेनजी आन्दोलनमा जलाइएको स्कुलले सन् २०२४ मा ७६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा ७५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
स्कुलले सन् २०२४ र २०२५ मा ३२ देखि ३३ प्रतिशत नाफा कमाएको उल्लेख छ ।
सन् २००६ मा स्थापना भएको स्कुलले ११ र १२ कक्षासम्मको पठनपाठन गर्दै आएको छ । स्वीजरल्यान्डको इन्टरनेशनल बक्कालुरेट अर्गनाइजेशन अफ स्वीजरल्यान्ड सम्बद्ध स्कुल नेपालको महँगो स्कुल मध्येको एक हो ।
स्कुलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा स्कुललाई प्लेस्ड वीथ क्रेडिट वाच वीथ नेगेटिभ इप्लिकेशनको संज्ञा दिएको छ । स्कुलले दीर्घकालीन कर्जाका लागि ६० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको हो ।
स्कुलकाअनुसार गत भदौमा जेनजी आन्दोलनमा स्कुल तोडफोड तथा आगजनी भएका कारण रेटिङले नेगेटिभ इप्लिकेशनको संज्ञा दिएको उल्लेख गरेको छ । आन्दोलनमा उक्त स्कुल मात्रै नभएर सरकारी भवन तथा निजी सम्पत्ति र निजी कम्पनी पनि तोडफोड भएको थियो ।
भवन, सवारी साधन र शैक्षिक सामग्री पूर्ण रुपमा नष्ट हुँदा आर्थिक नोक्सान र कारोबारमा समस्या आएको स्कुलले जनाएको छ।
हाल स्कुलको कक्षाहरु बन्द अवस्थामा छन् । अहिले स्कुलका अध्यक्षमा सोमप्रसाद पेनेरु छन् । स्कुलमा के १२ र आइपीडीपीको गरी १२ सय विद्यार्थी छन् । जसमा १ सय ५० जना दक्ष र ३ सय जना कर्मचारी छन् । भवन ४० हजार स्क्वारफिटमा फैलिएको छ ।
स्कुलमा क्यान्टिन, साइन्स ल्याब, आर्ट रुम र ३ वटा लाइब्रेरिज हाउजिङमा २० हजार बुक्स र अन्य शैक्षिक सामग्री थियो । साथै, ५ सय सिटको सभाहल थियो । त्यति मात्रै नभएर स्कुलको काभ्रेपलाञ्चोकको नालामा लर्निङ सेन्टर पनि छ । जसमा ७२ जना विद्यार्थी र ६ जना शिक्षक छन् ।







प्रतिक्रिया