निर्यात नगद अनुदान स्थगितप्रति नेपाल तयारी पोशाक उद्योग संघको ध्यानाकर्षण

0
Shares

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले निर्यात नगद अनुदानको व्यवस्था पूर्ववत् रूपमा सुचारु राख्न सरकारसँग माग गरेको छ ।

उद्योग विभागले चालु आर्थिक वर्ष २०८२÷८३ मा थप दायित्व सिर्जना हुने गरी नगद अनुदानका लागि निवेदन नलिने हालै सार्वजनिक सूचना जारी गरेको थियो ।

उद्योग विभागको सूचनाले लगानी विस्तार, उत्पादन, निर्यात र रोजगारीमा गम्भीर असर पर्ने संघका महासचिब भीमकुमार गिरीले जानकारी दिए ।

तयारी पोशाकले लामो समयदेखि तेस्रो मुलुकहरुको निर्यातमा अग्रस्थान हासिल गर्दै आइरहेको जानकारी गराउँदै गिरीले छिमेकी मुलुकहरूको तुलनामा नेपालको समुद्री मार्गसम्मको पहुँचमा धेरै लागत पर्ने भएकाले निर्यातमा नगद अनुदान र मूल्य अभिवृद्धि करको फिर्ता व्यवस्थाले गर्दा अन्तर्राष्ट्रिय वजारमा प्रतिस्पर्धा गर्न सहज भएको थियो ।

पछिल्लो समयमा सरकारले नगद अनुदानका लागि निवेदन नलिने निर्णयका कारण तयारी पोशाक निर्यातको क्षेत्रमा ठूलो नकारात्मक प्रभाव पार्ने संघले जनाएको छ ।

संघका अुनसार सरकारको पछिल्लो निर्णयका कारण नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने अवसरवाट वञ्चित गराउनेछ ।