
काठमाडौं । बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.५८ अंकले घटेर २५०५.५८ बिन्दुमा सीमित भएको छ ।
अघिल्लो दिन मंगलबार पनि नेप्से १९.४३ अंकले घट्दै २५२८.१६ बिन्दुमा कायम भएको थियो ।
बुधबार नेप्सेमा कुल ३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ३ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज नेप्सेमा समाज लघुवित्त वित्तीय संस्था र बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।







प्रतिक्रिया