
काठमाडौं । आज (बुधबार) पनि सुनको मूल्यले रेकर्ड राखेको छ ।
यसअघि मंगलबार तोलामा ८ हजार १०० रुपैयाँ बढेको सुनको मूल्य आज ४ सय रुपैयाँले बढ्दै तोलाको साढे २ लाख नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको २ लाख ४८ हजार ९ सय सय रुपैयाँ पुगेको हो । मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने उच्च मूल्य रेकर्डबाट आज घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँ घट्दै ३ हजार २४० मा झरेको महासंघले जनाएक छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा परेको व्यवसायी बताउँछन् ।







प्रतिक्रिया