
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.४३ अंकले घटेर २५२८.१६ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा कायम थियो । त्यसअघि आइतबार भने नेप्से ७८.८३ अंकले संकुचित बनेको थियो ।
मंगलबार नेप्सेमा कुल ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ४ अर्ब ६० करोड र आइतबार नेप्सेमा ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
मंगलबार सुभम् पावर र गरिमा विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।







प्रतिक्रिया