
काठमाडौं । आज(मंगलबार) एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ। यससँगै सुन तोलाको साढे २ लाख नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । जुन हालसम्मकै सबैभन्दा महँगो हो ।
सोमबार सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीले पनि रेकर्ड कायम गरेको छ । सोमबार तोलामा ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा परेको व्यवसायी बताउँछन् ।







प्रतिक्रिया