
काठमाडौं । सेयर बजारमा ४४.२५ अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ७८.८३ अंकले घट्दै २५०३ बिन्दुमा रोकिएको थियो ।
सोमबार नेप्सेमा कुल ४ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएका छ । आइतबार भने नेप्सेमा कुल ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये २०० कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
सोमबार नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १३ वटै समूहका इन्डेक्स हरियाली भएका छन् ।







प्रतिक्रिया