
काठमाडौं । प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने तयारी रहेको केबी एग्रो एन्ड रिसर्च कम्पनीले गत आर्थिक वर्षमा साढे ४८ करोड रुपैयाँको व्यापार गरेको छ ।
सन् २०२० को जुलाईमा स्थापना भएको कम्पनीले एकै वर्ष साढे ४८ करोड रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १० करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सार्क आनन्द बगरियाको निम्बस ग्रुपद्वारा सञ्चालित कम्पनीले विशेषगरी कुखुराको प्रोडक्ट प्रशोधन गरी उत्पादन गर्दै आएको छ ।
कम्पनीमा निम्बुस ग्रुपको ४३ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीको धादिङमा ५ हजार ५० मेट्रिक टन स्टोरेज गर्ने क्षमता रहेको छ भने बालाजुमा १० मेट्रिक टन क्षमताको वितरक सेन्टर रहेको छ ।
दुई दशकदेखि एफएमसीजी सेग्मेन्ट र दानाको व्यापार गर्दै आएको ग्रुपले विभिन्न प्रकारका फ्रेन्चाइज र खुद्रा वितरकको काम गर्दै आएको छ ।







प्रतिक्रिया