
काठमाडौं । थाइल्याण्डको बैंककबाट आएको थाइ लाइन एयरलाइन्सले मिस एप्रोच गरेका कारण ओभरसुट (धानवमार्गमा अवतरण नगरी फेरि आकासमै उड्ने काम) गरेको छ ।
उक्त जहाज अवतरणको क्रममा प्राविधिक पाटो नमिलेका कारण मिसएप्रोच भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।
उनका अनुसार उक्त जहाज डाइभर्ट भएर भारतको लखनउ गएको छ । उताबाट कतिबेला फर्कने भन्ने तय भएको छैन । उक्त जहाज आफू अनुकूल समयमा पुनः त्रिभुवन विमानस्थलमा अवतरणको लागि आउने शेर्पाको भनाइ छ । उनका अनुसार जहाज अवतरणको लागि मौसम सफा रहेको र सामान्य अवस्थामा उडान अवतरण भइहरेको छ ।







प्रतिक्रिया