
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले यस वर्षको चाडपर्व दशैं–तिहारलाई लक्षित गर्दै क्रोम्पटोन दशैं–तिहारको ठूलो हर्ष सार्वजनिक गरेको छ।
यस विशेष अफरमार्फत क्रोम्पटोन का उत्पादन खरिद गर्ने उपभोक्ताहरुलाई आकर्षक उपहार तथा भाग्यशाली पुरस्कार जित्ने अवसर मिल्ने कम्पनीले जनाएको छ ।
योजनाको मुख्य आकर्षण
बम्पर लक्की ड्र: मिडिया ४८२ लिटर एसबीएस रेफ्रिजरेटर
मन्थली लक्की ड्र: मिडिया १०० सिरिज वासिङ मेसिन ८ के.जी.
वीक्ली लक्की ड्र: क्रोम्पटन मिक्सर ग्राइन्डर
एडिसनल बेनेफिट्स:
सजिलो ईएमआई सुविधा
फ्रि डेलिभरी
फ्रि इन्स्टलेसन
६० महिनासम्मको वारन्टी (प्रोडक्ट अनुसार)
ग्राहकहरुले खरिदपश्चात उपलब्ध क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी यस योजनामा सहभागी हुन सक्नेछन्।
क्रोम्पटोन भारतको सबैभन्दा विश्वासिलो ब्राण्ड मध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय फ्यान, एयर कूलर, वाटर हिटर, मिक्सर ग्रेन्डर लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको कम्पनीले जनाएको छ ।
सीजी इलेक्ट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो। यसले विश्वस्तरीय ब्राण्डहरुलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ।
यस चाडपर्व, क्रोम्पटोन र सीजी इलेक्ट्रोनिक्स सँगै नेपाली घर–घरमा खुशी, सहजता र उत्कृष्टता पुर्याउने उद्देश्य लिएको छ।







प्रतिक्रिया