नेपाल वायुसेवा निगमको उडान मिति निःशुल्क परिवर्तन गर्न सकिने

182
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रुको सुविधालाई ध्यानमा राख्दै टिकट मिति परिवर्तनमा निःशुल्क सुविधा दिने निर्णय गरेको छ । हालै देशभर निरन्तर भइरहेको वर्षा, बाढी र पहिरोका कारण सडक तथा हवाई यातायात अवरुद्ध बनेपछि निगमले यस्तो व्यवस्था गरेको हो ।

निगमले जारी गरेको सूचनामा २०८२ असोज १८ गतेदेखि २०८२ असोज २१ गतेसम्मका लागि काठमाडौंबाट यात्रा गर्न बुकिङ गरेका तर प्रतिकूल मौसमका कारण यात्रा गर्न नसकेका यात्रुले एक पटकका लागि २०८२ कार्तिक १४ गतेभित्रको उडानमा निःशुल्क मिति परिवर्तन गर्न सक्ने उल्लेख छ ।

यसअघि हिमालय एयरलाइन्सले पनि यस्तै घोषणा गरेको थियो ।