
काठमाडौं । शुक्रबार र शनिबारको अविरल वर्षाले देशभरका सिँचाइ संरचनामा करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।
ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलनमार्फत सिँचाइ क्षेत्रमा मात्रै करिब १० करोड रुपैयाँको क्षति भएको जानकारी दिएका हुन्।
उनका अनुसार बाढी र पहिरोका कारण निजी क्षेत्रद्वारा सञ्चालन भइरहेका दुईवटा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। तीमध्ये एक आयोजनाको क्षमता ८ मेगावाट र अर्को १० मेगावाटभन्दा कम रहेको बताइएको छ ।
मन्त्री घिसिङका अनुसार जलविद्युत् आयोजनामा भएको क्षतिको विस्तृत विवरण संकलनका लागि थप अध्ययन भइरहेको छ।
घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताए । वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माणमा लाग्ने बताए ।
‘सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति भएको छैन । इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृस्टी भएको छ । जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन्,’ मन्त्री घिसिङले भने ।







प्रतिक्रिया