
काठमाडौं । शुक्रबार रातिदेखि देशका विभिन्न भूभागमा परेको वर्षा अहिले कम भएको छ ।
जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १ घण्टामा देशका कुनै पनि भूभागमा भीषण वर्षा भएको छैन ।
ललितपुरको खुमलटार जलमापन केन्द्रका अनुसार पछिल्लो १ घण्टामा उक्त क्षेत्रमा ३.६ मिलिलिटर पानी परेको छ । त्यस्तै सुन्दरीजलमा ०.२ मिलिलिटर, धापड्याममा ०.२ र सिन्धुपाल्चोकको तलामाराङ जल मापन केन्द्रमा ०.२ मिलिलिटर वर्षा मापन भएको छ । त्यस्तै गौरीशंकर संरक्षण क्षेत्रमा पनि सामान्य वर्षा भएको छ । रामेछापको मन्थली विमानस्थल क्षेत्रमा ६.८ मिलिलिटर वर्षा मापन भएको छ भने सिन्धुलीगढीमा ०.८ मिलिलिटर पानी परेको छ ।
मधेस प्रदेशमा काठमाडौंको तुलनामा केही थप वर्षा भएको छ ।
तुलसी जल मापन केन्द्रमा ०.६ मिलिलिटर, चिसापानी बजारमा १.६, पोरताहको कमला नदीमा १.६, हर्दीनाथमा १.६,जनकपुर विमानस्थलमा १ मिलिलिटर वर्षा मापन भएको छ । सिरहामा ०.६, गुरुधाममा ३, लहालमा २.२, शम्भुनाथ १.६, कञ्चनरुपमा १.२ मिलिलिटर वर्षा भएको छ। चतरमा २ र सप्तकोषीमा १.८, दमकमा ०.६, स्याङ्बोचेमा ०.३ मिलिलिटर वर्षा मापन भएको छ ।








प्रतिक्रिया