बिपी र अरनिको राजमार्ग अवरुद्ध

133
Shares

काठमाडौं । शनिबारदेखि परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लास्थित बिपी राजमार्ग र अरनिको राजमार्गका विभिन्न स्थानमा बाढी–पहिरोका घटना भएका छन् ।

रोशी खोलाको बाढीले बिपी राजमार्गका चौकीडाँडा, घुमाउने, माम्ती लगायतका क्षेत्रमा सडक कटान गरेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, खोलाले सडक कटान गरेकाले त्यहाँ पैदल आवागमन समेत सम्भव छैन।

त्यस्तै, अरनिको राजमार्गका ५४ किलो र खावा सडकखण्डमा लेदो र ढुंगासहितको पहिरो खसेपछि यातायात सेवा ठप्प भएको उनले जानकारी दिए ।