चितवन होटल संघले अलपत्र परेका यात्रुलाई ७५ प्रतिशत छुटमा बस्नका लागि कोठा दिने

182
Shares

काठमाडौं । चितवनस्थित होटल व्यवसायी संघले अलपत्र परेका यात्रुहरुको हकमा ७५ प्रतिशत छुट सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।

संघले विभिन्न जिल्लाबाट काठमाडौं जाँदै गरेको अवस्थामा सडक खण्ड अवरुद्धका कारण चितवन आसपास क्षेत्रमा अलपत्र परेका यात्रुहरुको हकमा त्यहाँका होटलले विगतमा लिंदै आएको कोठा भाडामा ७५ प्रतिशत छुट गरेको निर्णय गरेको संघका अध्यक्ष लोकनाथ भट्टले जानकारी दिए ।

उनका अनुसार तोकिएको भाडादरमा ७५ प्रतिशत छुट गरी २५ प्रतिशत मात्रै शुल्क लिएर यात्रुलाई बस्नका लागि होटलको कोठा उपलब्ध गराइनेछ ।

यसका साथै यो छुट शुल्कभन्दा बढी शुल्क लिएको खण्डमा संघ र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले संयुक्त अनुगमन गरी कारवाही गर्ने निर्णय पनि भएको छ ।