
काठमाडौं । काठमाडौं महानगरपालिकाको करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ।
आज रातिबाट निरन्तरको झरी पर्दा बिहान ९ बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको हो।
सडकको छेउमा लगाइएको वाल भत्किएपछि कटान सुरु भएको छ। सडक भासिँदा सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ।
त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागले नदी कटान रोक्ने प्रयास भइरहेको काठमाडौं महानगरले जनाएको छ।
बस्तीमा डुबानको कारण समस्या भए नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको छ। महानगरले जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन अनुरोध गरेको छ।







प्रतिक्रिया