बिपी राजमार्गमा पनि रोकियो सवारी साधन

315
Shares

काठमाडौं । शुक्रबार रातिदेखि सिन्धुली र काभ्रे जिल्लामा ठूलो वर्षाका कारण शनिबार बिहानदेखि बिपी राजमार्गसमेत अवरुद्ध भएको छ ।

सडक विभागका अनुसार बिपी राजमार्गको भकुण्डेबेशीतर्फ भारी वर्षा भएका कारण काठमाडौंबाट बाहिरिने सवारी साधन काभ्रेभञ्जयांग र बाहिरी जिल्लाबाट काठमाडौं आउने सवारी साधन मंगलटारमा रोकिएका छन् ।

विभागका अनुसार वर्षाका कारण मंगलटारदेखि भकुण्डेबेशी सडक खण्डको बीचमा माथिबाट निरन्तर रुपमा ढुङगा खसिरहेको र वर्षाका कारण रोशी खोलामा बाढीको तह निक्कै माथिसम्म पुगेकाले सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ ।

वर्षा कम भएपछि अवस्था हेरेर मात्रै ति सवारी साधनलाई सञ्चाालन गर्न दिइने बिभागले जनाएको छ ।