
काठमाडौं । खोटाङमा सुमो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका-१०, बिजुलेस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बिहान ९:१० बजे काठमाडौंबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ६०९४ नम्बरको सुमो दुर्घटनामा परेको थियो।
सुमो अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो । सुमोमा चालकसहित १३ यात्रु सवार थिए । घाइते सातै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका-५ का ४७ वर्षीय खडक नारायण राई, काठमाडौं बस्ने ३२ वर्षीया मिस्मा राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३२ वर्षीय देबराज घिमिरे, दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ की २६ वर्षीया कुसुम राई, दिक्तेलकी १९ वर्षीया रुमिका राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ का पायल राई र सलिना राई रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया