जेनजी आन्दोलनपछि पहिलोपटक एमालेको सचिवालय बैठक सुरू

231
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा सुरू भएको छ । जेनजी आन्दोलन र सत्तापलटपछि पहिलोपटक बसेको यस बैठकलाई चासोका साथ हेरिएको छ ।

बैठकमा आन्दोलनका प्रभाव, क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको भावी रोडम्यापबारे छलफल हुने जनाइएको छ । युवा नेतृत्वको उदय, दलभित्रको पुनर्गठन र रुपान्तरण पनि एजेन्डामा पर्ने छन् ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले विधान महाधिवेशन र पछिल्लो राजनीतिक परिस्थितिको संयुक्त समीक्षा गर्नेछ । तर, धेरै पदाधिकारीहरूले ओलीलाई पद छाड्न आग्रह गर्ने तयारी गरेका छन् । ओली भने तत्काल छाड्ने पक्षमा छैनन् तर महाधिवेशन चाँडो गरेर नेतृत्व चयनको बाटो खोल्न तयार छन्।

नेताहरूले संयमता अपनाई पार्टी र आन्दोलनलाई जोगाउँदै अघि बढ्नुपर्ने सुझाव राख्ने तयारी गरेका छन् । पछिल्ला घटनाक्रमलाई बुझेर तलदेखि माथिसम्मका कार्यकर्ता ओलीको सम्मानजनक बहिर्गमनको पक्षमा उभिएका छन् । त्यस्तै, विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय पुनर्विचार गर्नुपर्ने कुरा पनि बैठकमा उठ्ने बताइएको छ ।